
एजेन्सी । अफगानिस्तानमा चिसो मौसम सुरू भएयता शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
गत दुई हप्तामा चिसो मौसम र प्रदुषित हावाको कारण उनीहरुको मृत्यु भएको हो ।
अफगानिस्तानमा विभिन्न प्रान्तहरुमा चलेको शीतलहरले केटाकेटी र बृद्धबृद्धा बढी मारमा परेका छन् ।
कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गरेका छन् । न्यानो कपडा र आगो ताप्न दाउरा सम्म किन्न असक्षम सर्वसाधारणले चिसोकै कारण ज्यान गुमाउनु परेको हो ।
तापक्रममा अचानक आएको गिरावटले गरिबी, खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ बढी असर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्