२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राइनास नगरपालिकाले दियो कोदो किसानलाई अनुदान


91
Shares

काठमाडौं । लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिने भएको छ ।

व्यावसायिक रूपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो ।

कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो ।

नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले जानकारी दिनुभयो ।

नगरपालिकाले प्रतिकेजी कोदोमा ११ रुपैयाँ नगद अनुदान दिएको नगरप्रमुख गुरुङको भनाई छ । नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको छ ।

अनुदान कार्यक्रमअन्र्तगत तीन लाख २८ हजार अनुदान वितरण गरिसकेको कृषि प्राविधिक सन्तोस जोशीले बताउनुभयो । यस वर्ष राइनास नगरपालिकामा मात्रै झण्डै ७० हजार केजी कोदो उत्पादन भएको नगपालिकाले जनाएको छ ।

कोदो खेतीतर्फ अर्कषित गर्न ल्याएको कोदो संरक्षण नीति तथा अनुदानको कार्यक्रमले रैथाने बाली कोदोको संरक्षणसँगै किसानको आर्कषण बढ्ने अपेक्षा लिइएको छ ।