
महेश कार्की
बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका घर भत्किदा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।
अन्दाजी ३०/३५ बर्षकी जमुना रोकायाको ढुगा लागेर घटना स्थलमै मृत्यु भएको हो भने सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० भन्दा बढी भेडा मरेका र एक जना घाइते भएको स्थानीय दिपेन्द्र रोकायाले जानकारी दिनुभएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । अन्य कहाँ कति क्षति भयो भन्नेबारे विबरण आउँन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्