१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको वासिङ्टनमा पनि गोलीकाण्ड, तीनको घटनास्थलमै मृत्यु

'आक्रमणकारीले गरे आत्महत्या'

208
Shares

एजेन्सी । अमेरिकामा एकपछि अर्को गोलीकाण्ड भएको छ । क्यालिफोर्नियामा तीन दिनको बीचमा भएका दुई वटा गोलीकाण्डमा १८ जनाको ज्यान गएको घटनालगत्तै मंगलबार वासिङ्टन राज्यको याकिमा शहरमा अर्को गोलीकाण्ड भएको छ । जहाँ तीन जनाको ज्यान गएको छ भने आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

मंगलबार राति भएको घटनामा तीन जना मारिएको र शंकास्पद आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या समेत गरेको याकिमाका प्रहरी प्रमुख म्याट मुरेले बताएका छन् ।

आक्रमणकारी २१ वर्षीय ज्यारिड ह्याडक भएको प्रहरीको भनाइ छ ।

आक्रमणकारी यामिका शहरमा रहेको आर्को ग्यास स्टेशनमा प्रवेश गर्न खोज्दा ढोका बन्द रहेको पाएपछि त्यहाँबाट निस्केर सर्कल के ग्यास स्टेशनको गोदाममा गएर खाना खाइरहेका दुई जनामाथि गोली प्रहार गरेका थिए । गोदामबाट निस्केको केही मिनेटमा उनले अर्का ब्यक्तिमाथि प्रहार गरेका थिए । गोली लागेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रमणकारीले पार्किङमा रहेको एउटा कारमा पनि गोली हानेका थिए । स्थानीयहरुले नौ पटक बन्दुकको आवाज सुनेको बताएका छन् ।

अमेरिकामा चार दिनमा यो तेस्रो गोलीकाण्ड भएको हो ।