
सर्लाही । सर्लाहीका मूर्तिकार (कुमाले)लाई सरस्वतीको मूर्ति बनाएर विद्यालयमा पठाउन भ्याई-नभ्याई भएको छ।
यहि माघ १२ गते अर्थात भाेलि (बिहीबार) का दिन परेको सरस्वती पूजाका लागि अहिले कुमालेहरू सरस्वतीको मूर्ति बनाउनमा व्यस्त भएका हुन् । ग्रामीण तथा शहरका विद्यालयले सरस्वतीको मूर्ति अर्डर गरेकाले कुमालेहरूलाई यति बेला मूर्ति बनाउन भ्याई-नभ्याई भएकाे हाे ।
सरस्वती पूजामा अधिकांश विद्यालयका विद्यार्थीले सरस्वतीको मूर्ति खरिद गरेर विद्यालयमा पूजा गर्ने गर्दछन् । उनीहरूले अहिले मूर्तिकार कहाँ पुगेर मूर्तिको अर्डर दिइएका मूर्ति अहिले धमाधम आ-आफ्नो विद्यालयमा लाने गरिरहेका छन् । सर्लाहीमा प्रतिमूर्ति २५ सयदेखि १५ हजार रूपैयाँसम्मको मूर्तिको बिक्री वितरण भइरहेको छ ।
सरस्वती पूजाको समयमा मूर्तिको अर्डर आउने कुमालेहरू बताउँछन् । यहि बेला बनाउँछु अरू बेलामा खेती गर्नुपर्ने उनीहरूकाे छ । सरकारले हाम्रो पेशाको संरक्षण र विकासका लागि केही नगरेको उनीहरूकाे गुनासाे छ । सरकारले आफूहरूको पेशाको विकासका लागि ध्यान दिए वर्षभरी मूर्ति बनाउने काम गरेरै जीविकोपार्जन गर्न सकिने उनीहरूले बताएका छन् ।
सरस्वती पूजा तथा मेला लागने चाड पर्वको समयमा मात्र बिहान ६ बजेदेखि रातिसम्म पनि मूर्ति बनाउन व्यस्त हुनुपर्ने र अरू बेला खाली हात बस्नु परेको कुमालेहरूकाे तर्क छ ।
प्रतिक्रिया दिनुहोस्