७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम : गृहमन्त्री लामिछाने


286
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताउनु भएको छ ।

आचार्यको बुधबार निधन भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न के नै बाँकी रह्यो र ? भन्नुभएको छ ।

आफूहरु जस्ता नयाँ पार्टीले पनि आशा जगाउन नसकेकोमा दुःख ब्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले आशा जगाउन नसक्नुमा आफूहरु दोषी रहेको भन्दै दिवंगत आचार्यसँग माफि माग्नुभएको छ ।

गृहमन्त्री लामिछानेले यस्तो लेख्नु भएको छ :

‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुस्ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’