
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्ने बताउनुभएकाे छ ।
उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा आफू लाग्ने बताउनुभएकाे हाे । उहाँले संसद हिजोको तुलनामा अलि फरक देखिए पनि आधारभूत रुपबाट खासै फरक नभएकाे समेत बताउनुभयाे। जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतीहरुलाई समाधान गर्न सकिने उहाँकाे तर्क छ ।
उहाँले संसदको स्वरुप सरकारमा देखिनु स्वभाविक भएकाे समेत उहाँले बताउनुभयाे । सरकार संसदमाथि निर्भर हुनुपनि स्वभाविक भएकाे बताउनुभयाे । तर त्यसको निकास पनि त्यही ढंगले दिनुपर्ने उहाँले बताउनुभयाे।
प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ । यहि माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको थियो । माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित हुनुभएको थियो । निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन् ।
प्रतिनिधि सभा स्वभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरुको सभा भएकाे उहाँले बताउनुभयाे । हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरु आएको उहाँकाे भनाइ छ । संख्याको हिसाबले अलि ठूलो संख्यामा नेता संसदमा आएको उहाँले बताउनुभयाे ।
राजनीतिले नै सबै कुराको छिनोफानो गर्ने उहाँकाे तर्क छ । प्रतिनिधि सभा सञ्चालन गर्नका लागि विगतबाट शिक्षा लिनुपर्ने उहाँले बताउनुभएकाे हाे । विगतमा भएका नकारात्मक केही घटनाहरु र प्रवृत्ति भएकाे बताउँदै उहाँले त्यसलाई विना पूर्वाग्रह त्यसबाट शिक्षा लिने बताउनुभयाे ।
आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने उहाँकाे भनाइ छ । पक्ष र विपक्ष भएर आएको छ भने दुई वटै पक्षहरु यसमा जिम्मेवार भएर अगाडि बढेर राम्रो वातावरण बनाएर प्रतिनिधि सभालाई प्रभावकारी बनाउने उहाँले बताउनुभयाे ।
दुवै पक्षका बीचमा मिलएर जाने र यो महत्वपूर्ण पक्ष भएकाे उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्