२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बिहीबार बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ ।