
एजेन्सी । यूईएफए नेसन्स लिगको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले बुधबार निकालेको ‘ड्र’ अनुसार दोस्रो सेमिफाइनलमा स्पेन र इटाली भिड्ने भएका हुन् ।
पहिलो सेमिफाइनलमा भने आयोजक नेदरल्यान्ड्स र क्रोएसिया भिड्ने छन् ।
क्रोएसिया नेसन्स लिग १ को समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेन समूह बी, इटाली समूह सी र नेदरल्यान्ड्स समूह डीको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका टोली हुन् ।
सेमिफाइनल अगामी १४ र १५ जुनमा हुनेछ । फाइनल र तेस्रो स्थानका लागि खेल जुन १८ मा हुनेछ । यो सबै खेल नेदरल्यान्ड्सको रोदरड्याम वा इन्सिड शहरमा हुनेछ ।
१४ जुनमा नेदरल्यान्ड्स र क्रोएसियाले पहिलो सेमिफाइनल खेल्नेछ भने १५ जुनमा इटाली र स्पेन भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्