२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै


117
Shares

काठमाडौं । वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ ।

मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन् । आँगनमा गाईको गोबरले लिपेर अक्षता, फूल, लड्डुलगायत सामाग्रीले हलोको पूजा गर्ने चलन छ । गोरुलाई पनि नुहाइदिएर रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ ।

वसन्त पञ्चमीको दिनमा कृषकले अरवा चामलमा सख्खर मिसाएर तयार पारेको प्रसादले हलो र गोरुको पूजा गरि एकआपसमा अबिर दलेर प्रसाद बाँडेर पूजा सम्पन्न हुन्छ ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ । मिथिलाञ्चलको गाउँ गाउँमा आज (बिहीबार) सयौँ गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेको देख्न पाइन्छ ।