
काठमाडौं । वसन्त पञ्चमीअन्तर्गत बिहीबार काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा वसन्त श्रवण हुँदैछ । वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले बिहान १०ः४७ मा वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
विगतमा राजाबाट वसन्त श्रवण हुने गरे पनि गणतन्त्र आएपछि भने यो कार्यक्रममा राष्ट्रपति सहभागी हुने गरेका छन् । वसन्त श्रवणको बेला राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख पनि सहभागी हुने प्रचलन रहीआएको छ ।
वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्