१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बलात्कार अभियाेगमा दुई जना पक्राउ


78
Shares

बागलुङ । बागलुङमा बलात्कार अभियाेग लागेका दुई जना पक्राउ परेका छन्।

१७ वर्षीया र १६ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विक रहेका छन् ।

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।