२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गृह मन्त्रालयद्वारा प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानविन समिति गठन


156
Shares

काठमाडौं । आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकाे छ ।

गृहमन्त्रालयले दिएकाे जानकारीअनुसार बिहिबार सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएकाे हाे।

अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन भएको छ ।