१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन


156
Shares

काठमाडौं । सरकारले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्नुभएको हो । 

सात सदस्यीय कार्यदलको संयोजकमा पूर्वसचिव शरदचन्द्र पौडेल हुनुहुन्छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जिनियर विजय गौतम सदस्य रहेका छन् । 

यस्तै, कार्यदलमा यातायात व्यवसायी महासंघका प्रतिनिधि सदस्य रहनेछन् भने यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेय सदस्यसचिव रहनुभएको छ ।