२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई सकियाे

अब फैसलाकाे पर्खाइमा

494
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई सकिएको छ ।

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा नागरिकता सम्बन्धी मुद्दाकाे बहस सकिएकाे हाे ।  पक्ष-विपक्ष र सरकारी वकिलको बहसपछि अब फैसला सुनाइने भएकाे छ ।

फैसला शुक्रबार नै सुनाउने बारेमा न्यायाधीशहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले अन्तिम बहसकाे सुनुवाई गरेका थिए ।

त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई सकिएको हो ।