
काठमाडाैं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत गुमेकाे छ ।
उहाँले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि पार्टी सभापति र सदस्यता समेत नरहने निर्वाचन आयाेगले जनाएकाे छ ।
आयाेगका अनुसार उहाँ सभापति नरहे पनि उहाँ संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने रहने छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि उनले कुनै प्रक्रिया नचालेको भन्दै रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको फैसलाले बताएको हो ।
रविविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस्