२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रवि लामिछानेकाे सांसद पद बदर भएपछि चितवन-२ मा उपनिर्वाचन हुने


1.079k
Shares

काठमाडौं । रवि लामिछानेकाे सांसद पद बदर भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट भारीमतान्तरले विजयी भएका थिए।