१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा


65
Shares

एजेन्सी । अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा टोमीलाई ७–५, ६–१ र ६–२ ले हराउँदै ९ पटकको च्याम्पियन जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् ।

३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् । कोभिड–१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।

अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपाससँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा रुसका करेन खाचानोभलाई हराउँदै सित्सिपासले फाइनलमा स्थान पक्का गरिसकेका छन् ।

मेलबर्नमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सित्सिपासले रुसी खेलाडीमाथि ७–६(७–२), ६–४, ६–७(६–८) र ६–३ को जित निकाले ।

सित्सिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।