
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ ।
यही बुधबार बसेको बैठकको निर्णय अनुसार बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
तालिका अनुसार चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।
हेर्नुस् तालिका :

प्रतिक्रिया दिनुहोस्