१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २७ रनले हरायो


117
Shares

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २७ रनले हराएको हो ।

जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४ दशमलव २ ओभरमा २ सय ७१ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका जेसन रोयले १ सय १३ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । रोयको यो ११ औं ओडिआई शतक हो ।

डेविड मलानले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान जोस बट्लरले ३६ रन बनाए । यस्तै, बेन डकेट ३, ह्यारी ब्रुक डक, जस बटलर ३६, मोईन अली ११, साम करन १७, डेविड विल्ली ८, आदिल राशिद १४, जोफ्रा आर्चर डक र ओली स्टोन एक रनमा आउट भए ।

दक्षिण अफ्रिीकाका एचरिच नोर्कियाले ४, सिसान्डा मगलाल ३ तथा कागिसो रबाडाले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रास्सी भान डेर डुसेनले १ सय ११ रनको शतकीय इनिङ खेले । डेभिड मिलरले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा क्विनटन डी ककले ३७, कप्तान टेम्बा बाभुमाले ३६ रन जोड्दा हेन्रिच क्लासेनले ३० रन जोडे ।

इंग्ल्यान्डका साम करणले ३ तथा जोफ्रा आर्चर, मोईन अली, आदिल राशिद र ओली स्टोनले एक एक विकेट लिए ।

यस जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल अब आइतबार हुनेछ ।