१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन


52
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ ।

यहि माघ १५ गते आइतबारदेखि पहिलो चरणमा महानगरपालिकाले ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण संकलन गर्ने भएको हाे । महानगरपालिकाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको छ ।

सुरुमा ९ वटा वडा कार्यालयबाट र पछि क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन महानगरपालिकाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको जनाइएकाे छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि महानगरपालिकाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो ।

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरिने गरिएकाे थियाे । त्यसपछि प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण हुँदै आएको थियो ।