
फाइल तस्बिर
काठमाडाैं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सार्न नहुने बताउनुभएकाे छ ।
शनिबार नेपाल प्रेस युनियन प्रदेश-१ को प्रथम अधिवेशनलाई उदघाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गर्नुभएकाे हाे ।
राष्ट्रपतिको निर्वाचन फागुन २८ गतेपछि सारेमा देशमा अनिष्ट हुने उहाँको तर्क छ । कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने कांग्रेसका नेता कोइराला काे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्