
काठमाडाैं । काठमाडौं । माेडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ ।
शनिबार बुटवलमा आयोजित विशेष कार्यक्रममा गौतम पार्टी प्रवेश गर्नुभएकाे हाे। पार्टी प्रवेश गर्दै गौतमले नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको पार्टी रहेकाे बताउनुभयाे । सम्बोधनका क्रममा गौतमले स्थापनाको छोटो समयमा नै जनताको मन जितेको पनि बताउनुभयाे ।
देशका पुराना दलबाट पनि पार्टी प्रवेशका लागि प्रस्ताव आएपनि उन्मुक्तिको उद्देश्यबाट प्रभावित भएकाले उक्त दल रोजेको उहाँले जानकारी दिनुभयाे । गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराउनुभएकाे हाे । गौतमलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।
पार्टी प्रवेशपछि गौतमलाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको योजना रहेको चर्चा छ। उक्त कार्यक्रममा अन्य व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराइएको थियो । गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्