
काठमाडाैं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको बताउनुभएको छ ।
शुक्रवार मुस्लिम समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले तराई, पहाड र हिमालमा बस्ने मुस्लिमहरुलाई विभाजित बनाउने प्रयास भइरहेको भन्दै क्षणिक फाइदाका लागि पूरा समुदायलाई नै खतरा हुने काम नगर्ने आग्रह गर्नुभएको हो ।
अध्यक्ष अन्सारीले कोही व्यक्तिको क्षणिक लाभ र लोभमा परेर अहिलेसम्म मुस्लिम समुदायले पाएका उपलब्धिहरु गुम्न नदिन सचेत गराउनु भयो ।
उहाँले मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट नभएको गुनासो पनि गर्नुभयो । उहाँले मुस्लिम आयोगमा काम गर्ने कर्मचारी एक जना पनि मुस्लिम नहुनु दुःखद् रहेको बताउनु भयो ।
उहाँले मुस्लिम आयोगलाई बजेट र भत्त सिध्याउने आयोगमा रुपमा आरोप लगाइरहेको भन्दै आयोगको उद्देश्य नीति नियम लागू गर्ने रहेको र त्यसमा आयोग दत्तचित्त भएर लागिपरेको बताउनु भयो ।
अध्यक्ष अन्सारीले मुस्लिम समुदायको प्रतिनिधत्व गर्ने सांसदहरुले संसदमा जोडपूर्वक मुस्लिम समुदायका मागहरु उठाउनसक्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्