
काठमाडाैं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताउनु भयो ।
उहाँले नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताउनु भयो । उहाँले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाउनु भयो ।
संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकरि गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताउनु भयो । वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताउनु भयो ।
उहाँले पार्टीहरु सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागिपरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भुमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरु केन्द्रित भएको पुष्टि गरेको बताउनु भयो । उहाँले राजनीतिक पार्टीहरु एजेण्डा र विचार बिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिनुभयो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भनेपनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शितलनिवास पुगेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्