
काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार सर्वियाका नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस सित्सीपास भिड्नेछन् ।
गत वर्ष कोरोना विरुद्धको खोप नलगाएका कारण मेलबर्नबाट फर्काइएका जोकोभिचले यो वर्ष अष्ट्रेलियन ओपनको पुनरागमनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
आइतबारको खेलमा सित्सीपासलाई हराउन सकेको खण्डमा जोकोभिचले करियरमा २२ औं ग्रान्डस्लाम उपाधि जित्नेछन् । विश्व टेनिसमा पुरुषतर्फ सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीमा अहिले स्पेनका राफायल नादाल २२ उपाधिसहित पहिलो नम्बरमा रहेका छन् । आइतबार उपाधि जित्दै जोकोभिच नादालको उक्त किर्तीमान बराबरी गर्न चाहन्छन् ।
सित्सिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।
यस्तै, महिलातर्फको उपाधि बेलारुसकी अरिना साबालेंकाले जितेकी छिन् । शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रिबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन् ।
रिबाकिना विरुद्धको खेल पाँचौं वरीयताकी साबलेन्काले ४–६, ६–३ र ६–४ को सेटमा जितिन् । साबालेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो ।
प्रतिक्रिया दिनुहोस्