
एजेन्सी । भारतीय अभिनेत्री उर्वशी रौतेलाले जनवरी १३ मा प्रदर्शनी भएको चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरैया’ मा आइटम गीत गरेबापत करोडौं पारिश्रमिक लिएकी छिन् ।
उनले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नाच्नका लागि २ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएकी हुन् ।
दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको छ भने, फिल्मको कमाई पनि उत्कृष्ट रहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड कलेक्सन गरिसकेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चिरञ्जीवीले फिल्म ‘वालटेयर वीरैया’ मा काम गरेबापत करिब ५० करोड भारतीय रुपैयाँ लिएका छन् । फिल्मका खलनायक प्रकाश राजले भने उर्वशीले जति शुल्क पनि लिएका छैनन् । प्रकाश राजले भिलेनको भूमिका निभाउन १.५ करोड भारु पारिश्रमिक लिएका छन् । फिल्मका अर्का मुख्य कलाकार रवि तेजाले १७ करोड पारिश्रमिक लिएका छन् ।
फिल्मकी अभिनेत्री श्रुति हासनले २.५ करोड भारु पारिश्रमिक लिएकी छिन् । ‘वाल्टेयर वीरैया’ एक एक्सन ड्रामा फिल्म हो । फिल्ममा चिरञ्जीवी डनको भूमिकामा छन् भने रवि तेजाले एसीपी विक्रम सागरको भूमिका निभाएका छन् ।
प्रतिक्रिया दिनुहोस्