
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अस्पतालका सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको बताउनुभयो ।
उहाँले गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना सरकारले पहल गर्ने पनि बताउनु भयो ।
राज्यमन्त्री कार्कीले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै सम्पूर्ण रुपमा हरेकनागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘१५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।’
उहाँले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्