
एजेन्सी । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ ।
इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो । रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो हमला भएको जनाएको छ । इरानको रक्षा मन्त्रालयका अनुसार ३ वटा ड्रोनबाट आक्रमण भएको हो ।
जस मध्येका २ वटा ड्रोनलाई एयर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ । २ वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेको जनाइएको छ । रक्षा मन्त्रालयले ड्रोन आक्रमणबाट एउटा वर्कसपको छतमा सामान्य क्षति पुगेको तर कुनै पनि जनधनको क्षति भने नभएको जनाएकाे छ ।
परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्र समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्