८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


थपिए ४ जना कोरोना संक्रमित


104
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो ।

३२६ जनाको पीसीआर र ३२७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर १८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।