२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रवि लामिछाने पुन: बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति


715
Shares

काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुन: सभापति बन्नु भएकाे छ ।

आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेकाे हाे ।

रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकालले आजको बैठकमा रवि लामिछानेलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाएर सभापतिमा बनाउने निर्णय गरिएकाे बताउनु भयाे ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त हुनुभएकाे थियाे ।

आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिकाे जिम्मेवारी सम्हाल्नु भएकाे हाे ।