१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्पेनिस लिगमा रियाल सोसिडाड रोकियो


65
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई रियाल सोसिडाडले बराबरीमा रोकेको छ ।

आइतबार भएकाे खेलमा तालिकाको दोस्रो स्थानमा रहेको रियाल मड्रिड र तेस्रो स्थानमा रहेको सोसीडाडबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। यो बराबरीले रियाल मड्रिडलाई बार्सिलोनासँगको उपाधि होडमा कमजोर बनाएको छ ।

लिगमा १८ खेलबाट बार्सिलोनाको ४७ अंक रहेकाे छ । रियाल मड्रिडको भने ४२ अंक रहेकाे छ । एक खेल बढी खेलेको सोसिडाड ३९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

स्पेनिस लिगका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले ओसासुनालाई,रियाल भालाडोलीडले भ्यालेन्सीयालाई तथा सेल्टा भिगोले एथ्लेटिक बल्बाओलाई १–० ले पराजित गरेका छन् ।