
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साेमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट्नुभएकाे छ ।
साेमबार बिहान मेयर साहले प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा पुगेर उहाँलाई भेट्नु भएकाे हाे । प्रधानमन्त्री दाहाल र मेयर साहबीच काठमाडौं महानगरपालिकाभित्रकाे पछिल्ला घटना क्रमकाे बारेमा कुराकानी भएकाे बालुवाटार स्रोतले जनाएकाे छ ।
पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उहाँ विरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको र सम्पदा मास्न खोजेको आरोप मेयर साहमाथि लागेकाे छ ।
काठमाडौं महानगरले मनपरिरुपमा डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्