२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अभिनेता मनदीप रायको निधन


702
Shares

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता मनदीप रायको निधन भएको छ ।

मनदीपको ७२ वर्षको उमेरमा आइतबार निधन भएको हो । मनदीपलाई हृदयघात भएको थियो। जसका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो ।

यसअघि पनि मनदीपलाई हृदयघात भएको थियो । उक्त कुराको जानकारी मनदीपकी छोरीले दिएकी हुन् । मनदीपको अन्तिम संस्कार हेब्बल शवदाह गृहमा गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार मनदीपले १ सय भन्दा बढी हिट फिल्ममा काम गरेका थिए । । रे, आप्ता रक्षक, अमरिधारे, कुरिगालु सार कुरिगालु जस्ता ५ सय भन्दा बढी फिल्ममा काम गरेका थिए ।

यति मात्र होइन, मनदीप आफ्नो कमेडी भूमिकाका लागि पनि परिचित थिए ।