
काठमाडौं । नेपाली वेब सिरिज ‘जुनेली’को प्रिमियर शो भएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकार सुलेमान शंकर (इकु)ले सिरिज एकदमै राम्रो रहेको र चेतनामुलक रहेको बताएका छन् । उनले सिरिजमा छाउपडीको विषयलाई उठाइएको बताए ।
त्यस्तै, अर्का कलाकार कैलाश कार्कीले सिरिज एकदमै राम्रो रहेको बताएका छन् । उनले आवाजमा केही समस्या रहेको तर, आगामी दिनमा त्यसलाई समाधान गरेर अघि बढे सिरिज राम्रो रहेको बताए । त्यस्तै, कलाकार सुन्दर खनालले सिरिजमा सामाजिक विषयवस्तुहरुलाई उठान गरिएकाले राम्रो रहेको भनेका छन् ।
त्यसैगरी कलाकार पवन भट्टराईले सिरिज एकदमै राम्रो रहेको र यो पहिलो एपिसोड भएकाले अर्को एपिसोडमा कमजोरी सुध्रिँदै जाने बताएका छन् । सामाजिक विषयवस्तु उठाइएकाले सिरिजराम्रो रहेको कलाकार रवि गिरीको भनाइ छ । उनले जुनेली कथाको सुरुवात भएको र वास्तविक कथा सुरु हुन थालेको बताएका छन् ।
कलाकार पवित्रा साँकीले क्यामेरा अघि कुनै सिरिज वा अभिनय नगरेकाले केही गल्ती भएको हुनसक्ने र आफूले टिकटक र सिरिजको अभिनयमा धेरै फरक पाएको बताएकी छन् । उनले अत्ति भो र मेरीबास्सैबाट अभिनयको लागि अफर आएको र मेरी बास्सैको एपिसोडमा भने अभिनय गरेको बताइन् ।
चलचित्रको रुपमा प्रदर्शनमा आएको यो सिरिजको पहिलो भाग मात्रै हो । यो सिरिजपछि अन्य दोस्रो, तेस्रो भागहरु आउने निर्माण टिमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्