
काठमाडौं । चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक २ मिनेट लामो ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार(चढावलाई देखाइएको छ । ट्रेलरमा पुष्प एक्सन अवतारमा पनि प्रस्तुत छन् । लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्रको २ वटा गीत यसअघि निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।
आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने आउने उक्त चलचित्रको ट्रेलरको सुरुवातमा वर्षा पुष्पको प्रेममा रहेको देख्न सकिन्छ भने क्लाइमेक्सतिर वर्षाको विवाह बुद्धि तामाङसँग भएको देखाइएको छ ।
चलचित्रको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रस्तुत छन् । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्र भारतको केहि शहरमा भने प्रदर्शन भइसकेको छ । साथै चलचित्रले भारतमा राम्रो प्रतिक्रिया पनि पाएको थियो । यस चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् ।
लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्रको २ वटा गीत र टिजर यसअघि निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्