
एजेन्सी । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको सम्बन्धलाई खलल पुर्याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।
अमेरिकी रिपब्लिकन कंग्रेसका केभिन म्याकार्थीले केही सातापछी ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।
मन्त्रालयका प्रवक्ता माओले चीनले आफूसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा गर्ने जुनसुकै भ्रमण र सहयोगको चिनले विरोध गर्ने उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्