२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


माओवादीको पदाधिकारी बैठक बस्दै


169
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबार पनि बस्दैछ ।

सोमबारबाट सुरू भएको पदाधिकारी बैठक मंगलबार पनि बस्न लागेको हो । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ ।