
काठमाडौं । बालगृह र ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न संकट पर्न थालेको छ ।
बजारमा भएको आर्थिक मन्दिको असर बालगृृह र ज्येष्ठ नागरिक आश्रममा पनि पर्न थालेको हो ।
संकटमा परेका त्यस्ता, बालगृहलाई रोटरी क्लब न्यूयोर्क क्वीन र रोटरी क्लब महाराजगञ्ले संयुक्त रुपमा खाद्यान्न र आवश्यक न्यानो कपडा वितरण गरेका छन् ।
पवित्र सेवा समाज टोखा र बालगृह साझा सहयात्री संस्था ललितपुर लुभुको आश्रममा पुगेर खाद्यान्न, नुन, तेल र न्यानो कपडा वितरण गरेको रोटरी क्लब न्यूयोर्क क्वीनका अध्यक्ष नवराज केसीले जानकारी दिनुभयो ।
पवित्रा सेवा समाजमा झण्डै एकसय बढी बालबालिका र ज्येष्ठ नागरिक छन् । साझा सहयात्री संस्थामा ९ जना बालबालिका आश्रित छन् ।
विभिन्न दुर्गम जिल्लामा बेवारीसे अवस्थामा फेला परेका बालबालिकालाई यी बालगृहमा राखेर पालनपोषण र पठनपाठनको व्यवस्था गरिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्