१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रियंका चोपडाले पहिलो पटक देखाइन् छोरीको अनुहार


364
Shares

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले अन्ततः आफ्नी छोरी मालती मेरी चोपडा जोनासको अनुहार सार्वजनिक गरेकी छन् ।

प्रियंका र उनका श्रीमान अमेरिकी गायक निक जोनसले आफ्नी छोरीको अनुहारलाई सामाजिक सञ्जालमा लुकाउदै आएका थिए । मालती जन्मेको एक वर्षपछि मात्रै प्रियंकाले सामाजिक सञ्जाल मार्फत अनुहारसहिको तस्वीर सार्वजनिक गरेकी हुन् ।

भारतीय सञ्चार माध्यमका अनसुार हालै प्रियंका अमेरिकाको लस एन्जलसमा एउटा कार्यक्रममा पुगेकी थिइन् । उनी उक्त कार्यक्रममा छोरीसँगका पुगेकी थिइन् । जहाँ पहिलोपटक छोरी मालतीको तस्वीर पनि सार्वजनिक भयो । यो तस्वीरमा मालती सेतो टप र त्योसँग मिल्दोजुल्दो क्रिम स्वेटरमा क्युट देखिएकी छन् ।

यससँगै प्रियंकाले हलिउड वाक अफ फेम स्टार कार्यक्रमको क्रममा एक भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन्, जसमा मालती आमाको काखमा रमाइलो गरिरहेको देखिन्छ । निकले आफ्नो भाषणको क्रममा छोरीको नाम लिन्छन् । यस्तो अवस्थामा प्रियंकाले मालतीलाई आफ्नो काखमा उभिएर निकतर्फ ईशारा गर्छिन् ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानदेखि सेलिब्रिटीसम्मले प्रतिक्रिया दिएका छन् । प्रियंकाकी छोरी कस्तो छिन् भन्ने धेरैलाई चासोको विषय थियो । प्रियंका र निकले सामाजिक सञ्जालमा २२ जनवरी २०२२ मा छोरीको जन्म भएको घोषणा गरेका थिए ।

उनीहरूले आफू सरोगेसी मार्फत अभिभावक बनेको बताएका थिए । प्रियंकाको छोरी डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि जन्मिएकी थिइन् । प्रि(म्याच्योर डेलिभरीका कारण मालती कमजोर थिइन् । यसका लागि निक र प्रियंकाले बच्चा पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने निर्णय गरेका थिए ।

निक र प्रियंकाले हिन्दू र इसाई परम्परा अनुसार डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए । प्रियंका र निकको उमेरमा १० वर्षको अन्तर छ । प्रियंका निक भन्दा १० वर्ष जेठी छन् ।