
एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले प्रर्दशन भएको ६ दिनमा ६ सय करोड भारतीय रुपैयाँ कमाएको छ ।
फिल्मले दिनमा १ करोड कमाएर बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
‘पठान’ ले ६ दिनमा विश्वभर ६ सय करोडभन्दा बढी भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जबकि भारतमा मात्रै फिल्मले ३ सय ३ कराेड नेट भारू कमाएको छ । तरण आदर्शको ट्वीटका अनुसार फिल्मले सोमबार हिन्दीमा २५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जहाँ तमिल र तेलुगुमा फिल्मले ३० जनवरीमा १ करोड भारु कमाएको छ ।
आइतबारको तुलनामा सोमबार फिल्मको कमाई घटेको थियाे । तर, साेमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलन कार्यक्रमले पुन: फिल्मले राम्रो प्रदर्शन गरेकाे छ । साेमबार फिल्मले करिब कुल ६० करोडको व्यापार गरेको थियो ।
‘पठान’ को अहिलेसम्मको कलेक्शनको कुरा गर्दा हिन्दीमा फिल्मले बुधबार ५८ करोड, बिहीबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१ करोड ५० लाख, आइतबार ५८ करोड ५० लाख र सोमबार २५ करोड ५० लाख कलेक्सन गरेको छ । हिन्दीमा नै फिल्मले अहिलेसम्म २९६ करोड कमाइसकेको छ ।
यो साताको अन्त्यसम्ममा फिल्मले विश्वभर १ हजार करोडको आँकडा पार गर्न सक्ने फिल्मको निर्माण पक्षले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्