
सुशील गैरे
कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न चाहेको बताउनुभएको छ ।
१३ औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले चर्को ऋणको भारमा उद्योग संचालन गर्नु परेको अवस्थालाई केन्द्र भागमा राखेर सरकारको सिमा र परिधिलाई ध्यानमा राखेर सरकार पहिलो पटक निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको बताउनुभएको हो ।
उहाँले निजी क्षेत्रका समस्या र चुनौतीलाई सरकारले केही समय भित्रै सम्बोधन गरेको अनुभूति हुने बताउनुभयो ।
भूकम्प र कोरोना महामारीको असर अहिले पनि उद्योग व्यवसायमा परेको भन्दै उहाँले लगानीलाई उत्साहित गर्न सरकार लाग्ने बताउनुभयो ।
सरकार बनेको एक महिनामै चुनौति थपिएको भन्दै भिन्न भिन्न विचार राख्ने दलहरु अहिलेको सरकारमा हुनु समस्या भएको उहाँको भनाई थियो ।
कपिलवस्तु कृषिको लागि उर्बर भूमि भएको भन्दै उहाँले कृषि र पर्यटन मार्फत यहाँको विकास सम्भव रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष तथा सार्क अध्यक्ष चण्डिराज ढकालले नेपालको अर्थतन्त्र, श्रीलंका पाकिस्तान, पछि नेपालको अर्थतन्त्र डामाडोल हुने अवस्था श्रृजना भएको भन्दै व्याजदरमा अब सरकार गम्भिर नबन्ने हो भने नेपालमा गम्भिर संकट श्रृजना हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्