
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका–९ का अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का रोशन कुमार यादव, जलेश्वर नगरपालिका–१ का विक्रम चौधरी, औरही नगरपालिका–४ का सुरेश गोप र बलवा नगरपालिका–१० का अमित कुमार मल्लिक छन् ।
छिटो काम गराइदिने भन्दै सेवाग्राहीलाई प्रलोभन देखाइ रकम बार्गेनिङ गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरीनायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
उनीहरुमाथि सार्वजनिक शान्ति विरूद्धको कसूर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्