
काठमाडौं । जुम्लामा लागू गरिएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले १ सय ४३ जना किसानलाई मासिक रूपमा १ हजार ५ सय रुपैयाँका दरले गोठालो भत्ता दिँदै आएको छ ।
५० वटा भन्दा बढी भेडा बाख्रा पालेर पशु सेवा कार्यालयमा फर्म दर्ता गरेका किसानहरूले यस्तो भत्ता पाउने गरेका छन् । भत्ता कार्यक्रमले फर्म दर्ता गरेर भेडा बाख्रा पालन व्यवसायलाई अगाडी बढाउने किसानको संख्या बढ्दै गएको पशु सेवा कार्यालयको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले पशुपालनबाट रोजगारी सिर्जना गर्न र तथा पशुपालनलाई प्रोत्साहन गर्नका लागि भत्ता कार्यक्रम सुरू गरेको हो ।
प्रतिक्रिया दिनुहोस्