१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रौतहटमा पशुको बोसो पगालेर घ्यु बनाएको खुलासा


663
Shares

काठमाडौं । रौतहटको गौर नगरपालिका-५ स्थित फुलतारा डेरी उद्योगबाट अखाद्य वस्तु बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त टोलीले फुलतारा डेरी उद्योगमा अनुगमन गर्दा अखाद्य वस्तु फेला पारेको हो ।

डेरी उद्योगमा भैँसी तथा अन्य पशुको बोसो पगालेर घिउ बनाउन तयार पारिएका अखाद्य वस्तुहरू ठूलो परिमाणमा बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले डेरी सञ्चालक मोहम्मद मतिउल्लाह र तीन जना कामदारलाई नियन्त्रणमा लिएको छ ।

उक्त डेरीले रौतहटको गौर बजारदेखि काठमाडौंसम्म घिउ बिक्री गर्ने गरेको पनि थाहा भएको छ ।