
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउनु हुने भएको छ ।
युएसआइडीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । उहाँ फागुनको पहिलो साता नेपाल आउने विज्ञप्तिमा उल्लेखछ। यूएसएआईडीकी प्रमुख सामन्था नेपाल बस्दा नागरिक समाजका अगुवाहरू,सामुदायिक समूहहरू,विद्यार्थीहरू,व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गर्नुहुने विज्ञिप्तिमा उल्लेख छ ।
सामन्थाको भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिईने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज, र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई सुदृढ गर्न र गति निर्माण गर्न नयाँ प्रयासहरूको घोषणा गर्ने उल्लेख छ ।
सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।
प्रतिक्रिया दिनुहोस्