
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सुरु भएको छ । बैठक केही समय अघि नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो ।
बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइनेछ । सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उहाँको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइनेछ ।
यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९) पेश गर्नुहुने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्