१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सञ्जय दत्त ‘केजीएफ २’ पछि ‘थलापति ६७’ मा खलनायकको भूमिकामा


741
Shares

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तले दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ पछि ‘थालापथी ६७’ मा खलनायकको भूमिकामा काम गर्ने भएका छन् ।

सञ्जयले फिल्ममा नायक बनेर आफ्नो अभिनयले दर्शकको मन जितेका छन् । यससँगै उनले आफ्नो करियरका धेरै फिल्ममा नकारात्मक भूमिका पनि गरेका छन् । जसलाई दर्शकले मन पराएका छन् ।

सञ्जयले दक्षिण भारतीय फिल्म इन्डस्ट्रीको सुपरहिट फिल्म ‘केजीएफ २’ मा खलनायक अधेराको भूमिका निभाएका थिए । अब सञ्जयले अर्को दक्षिण भारतीय फिल्ममा खलनायकको भूमिका निर्वाह गर्ने भएका हुन् । सञ्जय दक्षिण भारतीय अभिनेता थालापथी विजयको फिल्म ‘थलापथी ६७’ मा खलनायकको भूमिकामा देखिने भएका छन् ।

निर्देशक लोकेश कगनराजले निर्देशन गर्ने उक्त फिल्मका निर्माता जगदीश रहेका छन् । जगदीशले नै सामाजिक सञ्जाल मार्फत सञ्जयले खलनायकको भूमिकामा काम गर्न लागेको बताएका हुन् । उनले फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गर्दै ‘सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महसुस गराउनुभएको छ । हामी तपाईंसँग सहकार्य गर्न पाउँदा खुसी छौं । प्रेम र सहयोगका लागि धन्यवाद’, लेखेका छन् ।

सञ्जय यसअघि सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए । उनी यो वर्ष ‘थलापथी ६७’ का अलावा ‘द गुड महाराजा’ र ‘घुडचढी’मा देखिँदैछन् ।