
काठमाडौं । पछिल्ला दिन ओरालो लागेको शेयर बजार बुधबार सामान्य अंकले सकारात्मक रहेको छ ।
तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले सकारात्मक रहेर २१ सय १६ कायम भयो । कारोबार भने थप घटेर पौने २ अर्बमा खुम्चियो । यसले लगानीकर्ता पर्ख र हेरको मनस्थितिमा रहेको विश्लेषण गरिएको छ ।
लघुवित्त, लगानी र सामूहिक लगानी कोष बाहेक अरु समूह हरियो रहे । जीवन बीमा समूह सबैभन्दा उच्च करिब सय अंकले उकालो लाग्दा बाँकी अधिकांश समूह दोहोरो अंकले सुधारिएका हुन् ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६१ कम्पनीको ५० लाख कित्ता शेयर १ अर्ब ७७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय १० कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो । यस दिन पनि आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाए ।
प्रतिक्रिया दिनुहोस्