२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धनगढीका दुई बालबालिकामा दादुरा पुष्टि


91
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका बालबालिकामा दादुरा पुष्टि भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का २ बालबालिकामा दादुरा पुष्टि भएको हो ।

लक्षण दुई हप्ता अघि देखिए पनि बुधबारमात्र दादुरा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार ९ वर्षीय बालिका र ४ वर्षीय बालकमा दादुरा पुष्टि भएको हो ।

दादुरा देखिएपछि अन्यमा सर्न नदिन उपमहानगरले खोप अभियान सञ्चालन गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राख्दै ६ महिनादेख १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन र छुटेकालाई खोप लगाउन अनुरोध गरिएको छ ।